/ सूचना समाचार

उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना

उद्योग विभाग २०७९ जेठ ३१ गते मंगलबार १६:२९:३९ बजे

नेपाल सरकार

उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग विभाग‚ त्रिपुरेश्वरको

उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना

(सूचना प्रकाशित मितिः २०७९।०२।३१)

 

औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको मिति २०७९।०२।२३ मा बसेको २३५ औँ बैठकबाट उद्योगको सञ्चालन म्याद थप सम्बन्धी देहाय अनुसारको निर्णय भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ६ (छ) महिना (२०७९।०८।३०) भित्र यस विभागमा आवेदन दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

“औद्योगिक व्यवसाय ऐन‚ २०७६ को दफा ९ तथा दफा ६० बमोजिम उद्योगको संचालन म्याद थपको लागि समयमा निवेदन पेश गर्न नसकेका उद्योगहरुलाई सञ्चालन म्याद थपका लागि पुन: एक पटक महिनाको समय दिई सूचना प्रकाशित गर्ने, सो अवधिमा सञ्चालन म्याद थपका लागि परेका निवेदनहरूमा आवश्यकता र औचित्य हेरी उद्योग विभागले ऐनको दफा ६० को प्रावधानमा उल्लिखित विलम्ब शुल्क लिई सञ्चालन म्याद थप गर्न सक्ने” ।

औद्योगिक व्यवसाय ऐन‚ २०७६ को दफा ६० अनुसारको विलम्ब शुल्कः

(क)  लघु उद्यमको हकमा प्रतिवर्ष पाँच हजार रुपैयाँका दरले‚

(ख)  घरेलु तथा साना उद्योगको हकमा प्रतिवर्ष पन्ध्र हजार रुपैयाँका दरले‚

(ग)    मझौला उद्योगको हकमा प्रतिवर्ष पचास हजार रुपैयाँका दरले‚

(घ)    ठूला उद्योगको हकमा प्रतिवर्ष एक लाख पचास हजार रुपैयाँका दरले ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप सूचना समाचार