उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना
नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग विभागको
उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना
मिति २०७५।११।१९ को खण्ड ६८) अतिरिक्ताङ्क ३७ नेपाल राजपत्र भाग २ मा प्रकाशित केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ को दफा ३१ बाट औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ मा भएको संशोधन बमोजिम दफा ८ को उपदफा (२) मा तोकिएको अवधि भित्र सञ्चालन वा उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेका अनुमतिपत्र लिनु पर्ने बाहेकका उद्योगले मिति २०७६।०२।१८ गते भित्र उद्योग दर्ता भएको निकायमा उद्योग सञ्चालन म्याद थपका लागि आवश्यक कागजात सहित निवेदन दिन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको म्याद भित्र निवेदन नदिएमा उद्योगको दर्ता प्रमाणपत्र स्वतः रद्द हुने व्यहोरा समेत जानकारी गराइन्छ ।
(यो सूचना मिति २०७५।१२।१३ को गोरखापत्र दैनिक तथा कारोबार दैनिकमा समेत प्रकाशित गरिएको छ । )