औद्योगिक सम्पत्ति बुलेटिन प्रकाशन गरिएको सूचना
नेपाल सरकार
उद्योग मन्त्रालय
उद्योग विभाग
औद्योगिक सम्पत्ति शाखा
सूचना
यस विभागमा ट्रेडमार्क दर्ताको लागि प्राप्त भएका आवेदनहरु मध्ये पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मिति २०७४।१०।१५ मा औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको छ । उक्त औद्योगिक सम्पत्ति बुलेटिन देहायका स्थानमा समेत सर्वसाधारणका लागि उपलब्ध गराइएको छ । प्रकाशित ट्रेडमार्क चिन्ह उपर कसैको दावी विरोध भए औद्योगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशन भएको मितिले ९० दिन भित्र उद्योग विभागमा रितपूर्वक उजुरी दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम यस विभागमा दर्ता भएको डिजायनहरुको विवरण सोही ऐनको दफा २१ क. बमोजिम प्रकाशन गरिएको छ । उक्त विवरण उपर कसैको विरोध भएमा यो सूचना प्रकाशन भएको मितिले ऐनको दफा २१क. को उपदफा (२) बमोजिम ३५ दिन भित्र आफ्नो सवुद प्रमाण सहित विभागमा उजुरी गर्न हुन सूचित गरिन्छ ।
तपसिल
१) उद्योग मन्त्रालयको पुस्तकालय, सिंहदरवार ।
२) उद्योग विभाग, त्रिपुरेश्वरको सूचना पाटी ।
३) घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर ।
४) नेपाल उद्योग वाणिज्य महासंघ, टेकु ।
५) नेपाल उद्योग परिसंघ, ट्रेड टावर, थापाथली ।
६) घरेलु तथा साना उद्योग महासंघ, माइतिघर ।
७) नेपाल चेम्बर अफ कमर्स, कान्तिपथ ।
८) उद्योग विभागको वेवसाइट : www.doind.gov.np