विदेशी लगानी स्वीकृति हुनुपूर्व विदेशी लगानी नेपाल भित्र्याएको विवरण उपलब्ध गराउने सूचना
सूचना! सूचना!! सूचना!!!
विषय :- विदेशी लगानी स्वीकृति हुनुपूर्व विदेशी लगानी नेपाल भित्र्याएको विवरण उपलब्ध गराउने वारे ।
उद्योग विभागबाट विदेशी लगानी स्वीकृत हुनुपुर्व विदेशी लगानी भित्र्याई उद्योगमा लगानी गरेका वा गरिरहेका विदेशी लगानीकर्ताहरुलाई निम्नानुसारको ढाचाँमा यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र उद्योग विभागलाई लिखित जानकारी उपलब्ध गराउन हुन सम्बन्धित लगानीकर्ता/कम्पनीहरुलाई अनुरोध गरिन्छ ।
उद्योगको नाम र ठेगाना | विदेशी लगानीकर्ताको नाम र देश | भित्र्याएको लगानी रकम | विदेशी लगानी भित्र्याएको माध्यम, देश र मिति |
उपरोक्त अनुसारको विवरण उपलब्ध गराउँदा भएसम्म देहायका कागजातहरु समेत संलग्न गर्न जानकारी गराईन्छ :
११) विदेशी लगानी स्वीकृति पत्र वा शेयर खरिदविक्रिको स्वीकृति पत्र ।
२२) कम्पनी दर्ता प्रमाण-पत्र, प्रबन्धपत्र, नियमावली र अध्यावधिक शेयर लगत ।
३३) उद्योग दर्ता प्रमाण-पत्र र स्वीकृत स्कीम ।
४४) लगानी भित्र्याएको प्रमाण कागजात भएमा सो समेत ।
५५) थप कुनै कागजात वा विवरण भए सो समेत ।
* मिति २०७६।०८।२३ को नयाँपत्रिका तथा कारोबार दैनिकमा प्रकाशित