उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना
नेपाल सरकार
उद्योग मन्त्रालय
उद्योग विभाग, त्रिपुरेश्वरको
उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना
मिति २०७४।०६।३० को नेपाल राजपत्र भाग ५ खण्ड ६७ संख्या ३१ मा प्रकाशित उद्योग मन्त्रालयको सूचनामा तपसिल बमोजिम उल्लेख भएकोले यस विभागमा दर्ता भएका उद्योगहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना बमोजिम उद्योग सञ्चालन म्याद समाप्त भएका उद्योगहरूले राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना (२०७४।०९।२९) भित्र यस विभागमा आवेदन दिई उद्योग सञ्चालन म्याद थप गराउन सम्बन्धित उद्योगहरूलाई जानकारी गराइन्छ ।
तपसिल