info@doind.gov.np | +977 01 426 120 3
Nepali | English

उद्योग विभागको अत्यन्त जरूरी सूचना

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय

उद्योग विभाग

सिमेण्ट तथा चुनजन्य उद्योगहरूलाई उद्योग विभागको अत्यन्त जरूरी सूचना

नेपाल सरकार, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वदेशमा उत्पादित तथा विदेशबाट आयात हुने चुनजन्य पदार्थ तथा सिमेन्टलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एकानब्वे दिन देखि लागू हुने गरी Lamination गरेको बोरामा Packing गरेर मात्र वजारमा ल्याउनु पर्ने निर्णय गरी सर्वसाधारणको जानकारीका लागि सोको सूचना मिति २०६९।२।१५ को नेपाल राजपत्र र उद्योग विभागले सोही सूचना मिति २०६९।०३।०१ को गोरखापत्रमा प्रकाशित गरेकोमा उक्त सूचनाहरू खारेज गरी पाउँ भनी रिट निवेदक डा. तारा प्रसाद पोखरेल समेतले सम्मानित सर्वोच्च अदालतमा निवेदन दिएको र सम्मानित सर्वोच्च अदालतबाट २०६९।५।१८ मा उक्त सूचना कार्यान्वयन नगरी नगराई यथावत राख्नु भनि अन्तरिम आदेश जारी भएकोमा सम्मानित सर्वोच्च अदातलबाट मिति २०७६।०१।०३ मा मुद्घाको अन्तिम सुनुवाइ हुदाँ उक्त अन्तरिम आदेश निस्कृय गरी रिट निवेदन समेत खारेज हुने गरी फैसला भएको र उक्त फैसला कार्यान्वयन गर्नु, गराउनु भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतबाट लेखि आएको हुदाँ वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा र यस विभागबाट गोरखापत्रमा प्रकाशित उक्त सूचना पालना र कार्यान्वयन गर्नु गराउनु हुन सम्बन्धित सिमेन्ट तथा चुनजन्य पदार्थ उत्पादन गर्ने उद्योग तथा विदेशबाट आयात गर्ने आयातकर्ता समेतलाइ जानकारी र कार्यान्वयनका लागि विभागको मिति २०७६।०७।२४ को निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ ।

(मिति २०७६।०७।२७)

उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना

 

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग विभागको

उद्योग सञ्चालन म्याद थप सम्बन्धी सूचना

मिति २०७५।११।१९ को खण्ड ६८) अतिरिक्ताङ्क ३७ नेपाल राजपत्र भाग २ मा प्रकाशित केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ को दफा ३१ बाट औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ मा भएको संशोधन बमोजिम दफा ८ को उपदफा (२) मा तोकिएको अवधि भित्र सञ्चालन वा उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेका अनुमतिपत्र लिनु पर्ने बाहेकका उद्योगले मिति २०७६।०२।१८ गते भित्र उद्योग दर्ता भएको निकायमा उद्योग सञ्चालन म्याद थपका लागि आवश्यक कागजात सहित निवेदन दिन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको म्याद भित्र निवेदन नदिएमा उद्योगको दर्ता प्रमाणपत्र स्वतः रद्द हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

 (यो सूचना मिति २०७५।१२।१३ को गोरखापत्र दैनिक तथा कारोबार दैनिकमा समेत प्रकाशित गरिएको छ । )

औद्योगिक सम्पत्ति बुलेटिन प्रकाशन गरिएको सूचना

नेपाल सरकार

उद्योग मन्त्रालय

उद्योग विभाग

औद्योगिक सम्पत्ति शाखा

सूचना

          यस विभागमा ट्रेडमार्क दर्ताको लागि प्राप्त भएका आवेदनहरु मध्ये पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मिति २०७५।०३।२० मा औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको छ । उक्त औद्योगिक सम्पत्ति बुलेटिन देहायका स्थानमा समेत सर्वसाधारणका लागि उपलब्ध गराइएको छ । प्रकाशित ट्रेडमार्क चिन्ह उपर कसैको दावी विरोध भए औद्योगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशन भएको मितिले ९० दिन भित्र उद्योग विभागमा रितपूर्वक उजुरी दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

साथै पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम यस विभागमा दर्ता भएको डिजायनहरुको विवरण सोही ऐनको दफा २१ क. बमोजिम प्रकाशन गरिएको छ । उक्त विवरण उपर कसैको विरोध भएमा यो सूचना प्रकाशन भएको मितिले ऐनको दफा २१क. को उपदफा (२) बमोजिम ३५ दिन भित्र आफ्नो सवुद प्रमाण सहित विभागमा उजुरी गर्न हुन सूचित गरिन्छ ।

          

तपसिल

१)        उद्योग मन्त्रालयको पुस्तकालय, सिंहदरवार ।

२)        उद्योग विभाग, त्रिपुरेश्वरको पुस्तकालय ।

३)        घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर ।

४)        नेपाल उद्योग वाणिज्य महासंघ, टेकु ।

५)        नेपाल उद्योग परिसंघ, ट्रेड टावर, थापाथली ।

६)        घरेलु तथा साना उद्योग महासंघ, माइतिघर ।

७)        नेपाल चेम्बर अफ कमर्स, कान्तिपथ ।

८)        उद्योग विभागको वेवसाइट : www.doind.gov.np

औद्योगिक सम्पत्ति बुलेटिन प्रकाशन गरिएको सूचना

नेपाल सरकार

उद्योग मन्त्रालय

उद्योग विभाग

औद्योगिक सम्पत्ति शाखा

सूचना

          यस विभागमा ट्रेडमार्क दर्ताको लागि प्राप्त भएका आवेदनहरु मध्ये पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मिति २०७४।१०।१५ मा औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको छ । उक्त औद्योगिक सम्पत्ति बुलेटिन देहायका स्थानमा समेत सर्वसाधारणका लागि उपलब्ध गराइएको छ । प्रकाशित ट्रेडमार्क चिन्ह उपर कसैको दावी विरोध भए औद्योगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशन भएको मितिले ९० दिन भित्र उद्योग विभागमा रितपूर्वक उजुरी दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

साथै पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम यस विभागमा दर्ता भएको डिजायनहरुको विवरण सोही ऐनको दफा २१ क. बमोजिम प्रकाशन गरिएको छ । उक्त विवरण उपर कसैको विरोध भएमा यो सूचना प्रकाशन भएको मितिले ऐनको दफा २१क. को उपदफा (२) बमोजिम ३५ दिन भित्र आफ्नो सवुद प्रमाण सहित विभागमा उजुरी गर्न हुन सूचित गरिन्छ ।

          

तपसिल

१)        उद्योग मन्त्रालयको पुस्तकालय, सिंहदरवार ।

२)        उद्योग विभाग, त्रिपुरेश्वरको सूचना पाटी ।

३)        घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर ।

४)        नेपाल उद्योग वाणिज्य महासंघ, टेकु ।

५)        नेपाल उद्योग परिसंघ, ट्रेड टावर, थापाथली ।

६)        घरेलु तथा साना उद्योग महासंघ, माइतिघर ।

७)        नेपाल चेम्बर अफ कमर्स, कान्तिपथ ।

८)        उद्योग विभागको वेवसाइट : www.doind.gov.np